एमालेका खनाल-नेपालपक्षका सांसदले मत नदिए पनि देउवाको बहुमत ।

काठमाडौँ :

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि एमालेका खनाल नेपालपक्षका सांसदले मत नदिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने करिब निश्चित भएको छ ।

जसपा अध्यक्ष ठाकुर पक्षको निर्णयसँगै एमालेका सांसदले मत नदिए पनि प्रधानमन्त्री देउवाको पक्षमा बहुमत पुग्ने देखिएको हो ।

विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३), जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ । कांग्रेस, माओवादी केन्द्र र जसपा र राष्ट्रिय जनमोर्चाको गरी १४२ मत हुन्छ ।

 

Facebook Comments Box
TOP