आज ३९ औं विपी स्मृति दिवस, विपीको योगदानको सम्झना गरिदै ।

काठमाडौं:
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ । २०३९ साउन ६ गते विपीको निधन भएको थियो । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस तथा यसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।
२००७ सालमा जनक्रान्तिको नेतृत्व गरेर मध्ययुगीन नेपाललाई आधुनिक ९प्रजातान्त्रिक० युगमा प्रवेश गराउने श्रेय बीपीलाई जान्छ । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो । तर जनमतको अनादर गर्दै राजा महेन्द्रले १८ महिनामै बीपी नेतृत्वको सरकार अपदस्थ गरिदिए । अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि छाइरहेका बेला बीपीलाई गिरफ्तार गरी राजाले संसदीय व्यवस्था नै भत्काइदिए । त्यसपछि उहाँले ८ वर्षको कठोर कारावास र त्यति नै समय प्रवासमा बिताउनुपर्यो ।
बीपी प्रधानमन्त्री हुँदा होस् वा जेल र प्रवासमा रहँदा, सधैं नेपाली राजनीतिको केन्द्रमा रहनुभयो । सधैं जनतालाई सर्वोपरि मानेर राजनीति गर्नुभयो । उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…