आँधीखोला अस्पताल बिबादमा,समन्वय बिना मुख्यमन्त्रीले शिलन्यास गरेको पालिकाको भनाई,के भन्छ गार्डेन ?

hospital aandhikhola

स्याङजा :
आँधीखोला गाँउपालिकाले आफ्नो मातहतमा रहेको अस्पताल परिसरमा बन्न लागेको भवनको समन्वय बिना नै शिलन्यास गरिएको भन्दै ध्यानाकर्ष भएको जनाएको छ । अस्पताल परिसरमा निर्माण हुन लागको पक्की भवनको दुई दिन अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल मार्फत गराई संबिधान प्रदत्त अधिकार प्रति हस्तक्षेप गरिएको पालिकाले आरोप लगाएको छ ।
आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले सोमवार एक बिज्ञप्ती प्रकाशित गरि आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको हो ।
प्रेस बिज्ञप्तीमा भनिएको छ ‘आँधीखोला विकास तथा स्वच्छता समूहले आँधीखोला सामुदायिक अस्पताल निर्माणमा गरेको विगतको उपलब्धिलाई उच्च प्रशंसा गर्दै आएका छौं तथापि संस्थागत रूपमा सम्पूर्ण जिम्मेवारी आँधीखोला गाउँपालिकामा हस्तान्तरण गरिसकेको अवस्थामा शिलान्यास जस्तो औपचारिक कार्यक्रम गर्ने दायित्व र कर्तव्य आँधीखोला गाउँपालिकाको हुने कानुनी प्रावधान विपरीत संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्ने दुराशा पूर्ण मनसायबाट प्रेरित रहि आँधीखोला गाउँपालिकाको वडा नं ५ मा अवस्थित १५ शैयाको प्राथमिक अस्पताल निर्माणको क्रममा रहेको भवनको शिलान्यास गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबाट गराइएको प्रति नेपालको संविधान प्रद्धत अधिकार बमोजिम एक शासकीय तहको प्रमुखको हैसियतमा गम्भीर ध्यानाकर्षण भएको छ ।’
बिज्ञप्तीमा ‘मुख्यमन्त्री जस्तो ओज पूर्ण संस्थाको प्रमुखलाई आँधीखोला गाउँपालिकामा हार्दिक स्वागत गर्न पाउनु हाम्रो पनि कर्तव्य ठानेका थियौ । संघीय लोकतान्त्रिक गणतन्त्रबाट राज्यशक्तिको प्रयोग गर्ने एक सरकारको रूपमा रहेको स्थानीय तह र सो संस्थाका जिम्मेवार पदाधिकारीलाई समेत कुनै जानकारी बिना नै केही व्यक्तिहरूको उक्साहटमा लागी संघीय सरकारको लगानी र स्थानीय सरकारको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रही निर्माणको भइरहेको संस्थामा स्वामित्व हस्तान्तरण गरिसकेको आँधीखोला विकास तथा स्वच्छता समूहले शिलान्यास जस्तो गरिमामय कार्यक्रम आयोजना गरिनु र सो कार्यक्रममा प्रदेश सरकारको प्रमुखको प्रमुख आतिथ्यता ग्रहणका लागी उपस्थित गराइनु सम्मानित पदको गरिमालाई बिबादित बनाउने प्रयास हो’ भनिएको छ ।
स्थानीय सरकार तथा सरोकारवालासँगको समन्वय र सहकार्य बिना नै मुख्यमन्त्रीले सहभागीता जनाउनुले संघीय लोकतान्त्रिक प्रणालीप्रतिको व्यवस्थाको ठाडो उल्लघंन र स्थानीय पालिकाप्रतिको हस्तक्षेप भएको आरोप लगाईएको छ ।
के अस्पताल पालिकाको मातहतमा छ ?
आँधीखेला गाँउपालिकाको भनाई अनुशार उक्त अस्पताल पालिकाको मातहतमा छ भने उक्त क्षेत्र समेत पालिका अन्तरगर्तको स्वास्थ्य चौकीको नाममा रहेको छ ।
आँधीखोला विकास तथा स्वच्छता समूह – गार्डेन ) ले आँधीखोला गाउँपालिका ०५ (साबिक सेतिदोभान गा.वि.स.–०३) आठ वटा कित्ताको ६ रोपनी पाँच आना एक पैसा दुई दाम क्षेत्रफल जग्गा र उक्त जग्गाहरूमा निर्मित भवन र भवनभित्र रहेका मेसिनरी औजार समेत सेतिदोभान स्वास्थ्य चौकीलाई निःशुल्क हस्तान्तरण गर्ने साधारण सभाको निर्णयअनुसार आँधीखोला गाउँपालिकाले स्वामित्व ग्रहण गरेको बिज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकाकोे कार्यपालिकाको बैठकबाट उक्त संस्थाबाट सञ्चालित सामुदायिक अस्पतालको सम्पूर्ण स्वामित्व ग्रहण गर्दै मालपोत कार्यालय स्याङजाबाट सेतिदोभान स्वास्थ्य चौकीको नाममा जग्गाधनी प्रमाणपूर्जाका रूपमा स्रेस्ता कायम भएको पालिकाको भनाई छ ।
सेतिदोभान स्वास्थ्य चौकीलाई १५ शैयाको प्राथमिक अस्पतालको सम्पूर्ण जिम्मेवारी नेपालको संविधान बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकार सूचिमा रहेको हुँदा आँधीखोला गाउँपालिकाको कार्यक्षेत्रभित्रको विषय रहेको र कानुन प्रद्धतअधिकार बमोजिम हस्तान्तरित जग्गा र सो जग्गाले चर्चेको जग्गा भित्र निर्माण सम्पन्न भवन,निर्माणाधिन भवन समेत आँधीखोला गाउँपालिकाको सम्पत्तिको रूपमा रहेको उसको दावी छ । ।

के भन्छ आँधीखोला विकास तथा स्वच्छता समूह – गार्डेन
समूहको निरन्तर प्रयास तथा महायज्ञको दानबाट स्थापना भएको उक्त अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गरेको समूहका संस्थापक अध्यक्ष जयराम पौडेलले स्वीकार गर्नुभयो ।
आँधीखोला गाँउपालिकाले जिल्ला आयोजना कार्यान्वयन ईकाइ(भवन)कास्कीमा सेतिदोभान स्वास्थ्य चौकीलाई १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नती गरी आवश्यक भवन निर्माणका लागी कार्य प्रक्रिया अगाडी बढाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ तर गार्डेनका अध्यक्ष पौडेलले भने आफूहरुले पहिले नै शुरु गरेको अस्पताल बनाउने अभियानको फाईल तत्कालिन अवस्थामा मन्त्रालयबाट नै गायव परिएको बताउनु भयो । उहाँले भन्नुभयो पछि उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा फाईल सदर भएको हो ।
पौडेलले करोडौंको सम्पत्ति स्थानिय सरकारलाई हस्तान्तर गरिएको तर स्थानिय सरकारको बेवास्ताको कारण मेसिनहरु बिग्रन थालेको, एम्वुलेन्स ग्यारेजमा थन्किएको सेवा प्रवाह बन्द गराईएको आरोप लगाउनु भयो ।
उता आँधीखोला गाँउपालिका प्रमुख सुधिर कुमार पौडेलले हस्तान्तरण भईसककेको संस्थामा पूर्ब संस्थाका हस्तक्षेपकारी भूमिका नरहेने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयोे, कर्मचारी अवकास भईसके पछि मैले अधिकार पाउनु पर्छ भनेर हुन्छ ? प्रश्न गर्नु भयो ।
(यस सम्वन्धी थप बिबरण सहित रिपोर्ट केही दिनमा आउने छ ।)

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP