सुदूरपश्चिम प्रदेश सरकारले पायो विश्वासको मत ।
काठमाण्डौ :
सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा आज भएको विश्वासको मत लिने प्रस्तावको मतदानमा सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले ३० मत प्राप्त गरेका छन् ।
सभामुख सहित ५२ सदस्य रहेको सभामा विश्वासको मत पाउन जम्मा २७ सदस्य भए पुग्थ्यो । आफ्नो दल माओवादी केन्द्रका १३ र एमालेका माधव पक्षधर १७ जनाको गरी उनले ३० मत प्राप्त गरेका हुन् । विपक्षमा ९ मत परेको छ । विपक्षमा मतदान गर्नेमा एमालेका ओलि पक्षधर ७ र जसपाका २ जना सांसदहरु हुन् ।
कांग्रेसका १२ जना सांसद मतदानमा सहभागी भएनन् । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । नेकपा एमाले पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो भने संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


