स्याङ्जाको फेदीखोलामा एक विद्यार्थी एक विरुवा
स्याङ्जा : फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका विरुवा बितरण गरेको छ । फलफूलका माध्यमबाट गाउँपालिकालाई नमूना बनाउने ध्येयले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रछात्रालाई विरुवा दिइएको हो ।गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले वातावरणीय सचेतना जागृत गर्ने ध्ययेले ‘एक विद्यार्थी एक विरुवा’ लाई विरुवा बितरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ अभियानले विद्यार्थीहरुमा अध्ययनका साथसाथै श्रम गर्ने बानिको समेत विकास हुन्छ ।”
शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले २३ सामुदायिक विद्यालय र ४ संस्थागत विद्यालयका एकहजार ३६५ विद्यार्थीलाई कागतिको विरुवा वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वितरित बिरुवाको अनुगमन गरी विद्यार्थीको आन्तरिक मुल्याङ्कन समेत गरिने छ । सङ्घीय सरकारले यस जिल्लालाई ‘कागति जोन‘का रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सो कार्यक्रमलाई कार्यान्वनमा विरुवा वितरणले सहयोग पुग्ने विश्वास गरिएको छ

यसै गरी गाउँपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई निः शुल्क पाठ्यपुस्तक वितरण गर्ने अभियानको समेत शुरुआत गरेको छ । गाउँपालिका अध्यक्ष सुवदीले आज काला भैरव माध्यमिक विद्यालय फेदीखोलामा अध्ययनरत विद्यार्थीलाई पाठ्पुस्तक हस्तान्तरण गर्नुभयो ।
कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका समयमा विद्यालयमा अनलाइनका माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइएको र यसका लागि सबै विद्यालयहरुमा इन्टरनेटको व्यवस्था गरिदिएको शिक्षा शाखा प्रमुख गुरुङले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरुमा दूरी कायम गरेर पठनपाठनको व्यवस्था मिलाउन आग्रह समेत गरिएको छ । साथै विद्यालयमा सेनिटाइजर, माक्स र सामुन खरिदको लागि रकम समेत उपलब्ध गराइएको छ ।रासस
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


