यहि २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने ।
कास्की :
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यहि २७ गते विश्वासको मत लिने भएका छन् । मत लिनका लागि आज २५ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।
अल्पमतको सरकार भएकाले उनले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । उनलाई सत्ता टिकाउन जम्मा ३१ मत आवश्यक छ। तर, उनीसँग एमालेको २७ र स्वतन्त्र सांसद दीपक मनाङेको १ मत गरी जम्मा २८ मत छ। जनमोर्चाका सांसद कृष्ण थापाले समर्थन जनाउँदा मुख्यमन्त्री गुरुङसँग २९ मत हुनेछ। त्यस्तै नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा उसको १५, माओवादी केन्द्रको १२ (सभामुखसहित) जनता समाजवादी पार्टीको र जनमोर्चाका दुई – दुई जना सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले उनीहरूसँग ३० मत छ। हाल सम्म कुनै पनि पक्ष सँग बहुमत छैन । नेपालको राजनीति न हो, हेरौ २७ गते सम्म सांसदिय गणितमा कसको पल्ला भारि हुने हो ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


