प्रदेश २ मा ठाकुर र महतो पक्षका ४ मन्त्री हटाइए ।
जनकपुर —
प्रदेश नम्बर २ का समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई मुख्यमन्त्रीले हटाएका छन् ।बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् । उनीहरुलाई सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै हटाइएको हो ।
मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएकोबारे प्रदेश प्रमुख राजेश झा अहिराजलाई जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचि समेत प्रकाशित गरेको छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका छन् ।
अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओवादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।प्रदेश २ सभामा १ सय ४ सांसद मध्य जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रको समर्थन रहने र अर्को सरकार बनिहाल्ने सम्भावना नभएकाले यादव प्रदेश सरकार पुनर्गठन गर्ने निर्णयमा पुगेका हुन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


