नेपाली कांग्रेस प्रदेश-२ को सरकारमा प्रवेश, माओवादी गएन ।
काठमाण्डौ :
नेपाली कांग्रेस संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा नेपाली कांग्रेसबाट तीन मन्त्रीहरूले प्रदेश २ मा सपथ ग्रहण गरेका छन । तर विपक्षी गठबन्धनको माओवादी भने भागवण्डा नमिल्दा सरकारमा सामेल भएन । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख राजेश झाले बुधवार राति सपथ ग्रहण गराएका थिय।
नेता यादवलाई भौतिक पूर्वाधार यातायात तथा सिचाइँ, वीरेन्द्रप्रसाद सिंहलाई महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको छ। कांग्रेसलाई सरकारमा सामेल गराउनका लागि मुख्यमयन्त्री राउतले विभिन्न मन्त्रालयहरूलाई टुक्र्याएका छन्। उनले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय टुक्रयाएका छन्।
यता माओवादी केन्द्रलाई समेत बुधबार नै सरकारमा सामेल गर्ने मुख्यमन्त्री राउतको प्रयास असफल भएको छ। सरकारको कार्यदल र माओवादी केन्द्रको कार्यदलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसकेपछि राउतले माओवादीलाई तत्काल सरकारमा सामेल गर्न नसकेका हुन्। मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई सरकारमा सामेल गर्ने प्रयासलाई जारी राखेका छन्।
यसअघि मुख्यमन्त्री राउतले महन्थ-राजेन्द्र पक्षका १ मन्त्रीसहित तीन राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले नेता चयन गरेकै दिन राउतले जसपाका महन्थ-राजेन्द्र पक्षका ती मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…