बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त ।

काठमाडौं :

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । लामो समय कान्तिपुर दैनिकमा काम गर्नुभएका बस्नेत कानून व्यवसायीसमेत रहनुभएका छ ।  काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आउनुभएको थियो ।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP