महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेको निर्णय
काठमाडौं :एमालेको स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई २ जेठ २०७५ अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटिलाई केन्द्रीय कमिटिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकले असार १८ गते केन्द्रीय कमिटिको बैठक बोलाउने पनि निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
आउँदो शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी बिवादका धेरै विषय टुंग्याउने उहाँको भनाइ छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


