कांग्रेस महाधिवेशन भदौ १६ देखि

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २९ जेष्ठ २०७८, शनिबार १९:०३

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको छ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो। यस अघि महाधिवेशनको मिति भदौ ७ लाई तय भएको थियो।

यो प्रस्तावलाई केन्द्रीय समितिमा लगिने सहमहामन्त्री प्रकाशशरण महतले बताए।

असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय भएको सहमहामन्त्री महतले बताए।

Facebook Comments Box
यो पनि पड्नुहोस..  नवनियुक्त मन्त्रीले लिए शपथ

धेरै कमेन्ट गरिएका