जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज ।

पोखरा:
आज बिहीबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय बैठकले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज गरेको छ ।

राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभा अन्तर्गत राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र संसद सचिवालयलाई पठाएका थिए । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि पार्टीले सहयोग गर्न ह्वीप नै जारी गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP