ओलीबाट एकता आह्वान, जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार

काठमाण्डौ:
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् । आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् ।

खनाल – नेपाल समूहले आइतबार दिउसो मात्रै ओलीसँग जारी राजनीतिक एवं संगठनात्मक टकराव ‘अर्धविद्रोह’ भएको र निटक भविष्यमा ‘पूर्णविद्रोह’ (अलग्गै पार्टी निर्माण)मा बदलिन सक्ने निष्कर्ष निकालेको थियो । बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी सदस्यहरुको बैठकका सुझावसहित स्थायी कमिटीबाट पारित १० बुँदे प्रस्ताव सहित उक्त निष्कर्ष आएको थियो । ओली पक्षसँग वार्ता भइरहे पनि परिणाममुखी हुने सम्भावना कमजोर रहेको भन्दै नेपालले ‘पूर्णविद्रोह’ तिर उन्मुख भएको बताएका थिए । खनाल–नेपाल समूहले अदालतको फागुन २३ को फैसालपछि नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीलगायत पार्टीका केन्द्रदेखि स्थानीय स्तरसम्मका कमिटीहरु, जनसंगठन र पेशागत संगठनहरुलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको छ । ओलीले विधान मिचेर स्वेच्छाचारी किसिमले जिम्मेवारीबाट हटाउने, स्पष्टीकरण सोध्ने र पार्टी सदस्यबाट नै निष्कासित गर्ने फुटपरस्त काम गरेकाले अहिलेको जटिल अवस्था सिर्जना भएको दावी खनाल–नेपाल समूहको छ ।

कम्युनिष्ट आन्दोलनमा लागेका धेरै होनाहार योद्दा देखि पार्टीमा धेरै योगदान दिने व्याक्ति समेत केपी शर्मा ओलीको गुटको शिकार भएका थिए । आफ्नो जस्तो सुकै कार्यको प्रशम्सा नगर्ने र भनेको नमान्ने जतिलाई विभिन्न बहाना र लाल्क्षना लगाउने र गुटगत राजनीतिका कुटिल खेलाडी केपी शर्मा ओलीले एमालेको एउटा पाटो साच्चै अल्गिएर जाने निश्चित मानेर अन्त्यमा एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका छन ।

उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ । साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्,’ ओलीले जारी गरेको वक्तव्यमा छ ।

पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।

‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले)का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ ओलीले भनेका छन् ।

साच्किै पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई बचाईराख्न हो भने त यो आव्हान सार्थक हुनेछ, नत्र कुटिल ओलीको सत्ता बचाउने चाल रहेछ भने नत यो देशका लागि नत कम्युनिष्ट आन्दोलनलाई नै फाईदा पुग्नेछ ।

 

 

Facebook Comments Box
TOP