कालिगण्डकी गाँउपालिकाको नीति तथा कार्यक्रम : सबै नागरिकको पालिकाले नै स्वास्थ्य बिमा गरिदिने ।

कालीगण्डकी :

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नो नवौ गाउँ सभा मार्फत २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो। अध्यक्ष खिम थापाद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ।

२१० वटा बुदामा समेटिएको नीति तथा कार्यक्रमलाई दुई भागमा विभाजन गरि प्रस्तुत गरिएको छ। जस्मा ७८ वटा बुदामा २०७६/७७ का विभिन्न योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ भने १३२ वटा बुदामा आव २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

गत वर्षको केही कार्यक्रम कोरोना संक्रमणका कारण पूरा हुन नसकेको अध्यक्ष थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताउनुभयो । २०७८/७९ केही महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरु

१. कालीगण्डकी गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाउने ,

२. जाड रक्सीका लतमा फसेकाहरुलाई उद्वार गर्न पुनःस्थापन केन्द्रको स्थापना गर्ने

३.कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम लागु गर्ने ।

४. कालीगण्डकी गाउँपालिका भित्रका सवैको निशुल्करुपमा स्वास्थ्य बिमा गरिने – बिमा गर्दा बिपन्न परिवारलाई प्राथमिकता दिइने

५.बिद्यालय तथा सरकारी कार्यलयमा बिद्युतिय हाजिरी प्रभावकारी गराउने

६. कोरोना संक्रमितको निशुल्क उपचार

७.थप स्वास्थ चौकी भवन निर्माण गर्ने

८.स्वास्थ्य शिविर सञ्चालन गर्ने

९. सञ्चार क्षेत्रमा सुधार गरिने

१०.सवै बिद्यालयमा ईन्टरनेटको पहुँच पुर्याउने

११. प्रत्येक वडामा ड्र्यागन खेती गरिने

१२. कृषक पेन्सन कार्यक्रम सुरु गर्ने।

१३.अवैध मदिरालाई नियन्त्रण गर्ने

१४.न्युनतम बिद्युतिय महशुल पालिकाले छुट गर्ने

१६. भिडभाड हुने ठाउँमा सार्वजनिक शौचालयको निर्माण गरिने।

१७. कट्टी भ्यु टावर निर्माणलाई निरन्तरता दिईने

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP