स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा ५५ करोड ३८ लाखको बजेट सार्वजनिक
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि नवौ गाउँसभा मार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाले नवौ गाउँ सभा मार्फत आर्थिक वर्ष २०७८/२०७९ को लागि तय गरेको नीति तथा कार्यक्रम अनुरुप प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको बजेट सार्वजनिक कार्यक्रममा पालिकाकी उपाध्यक्ष साबित्रा कोइरालाले आर्थिक वर्ष २०७८/७९ को लागि बजेट प्रस्तुत गर्नु भएको हो।

आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेटमा वडा स्तरीय आयोजनाका लागि २ करोड ४५ लाख र २९ करोड ५० लाख ८२ हजार पालिका स्तरीय तथा पालिका गैरवका लागि छुट्याइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिकाद्वारा सार्वजनिक गरिएको बजेटले सडक , खानेपानी , शिक्षा , कृषि तथा स्वास्थ्यका क्षेत्रलाई प्राथमिकता राखेको छ।यो आर्थिक वर्षमा मिर्मी भुष्टुङ -रुद्रबेणी सडक खण्ड कालोपत्रे हुने , मालुङ्गा बेल्टारी -वारि चौर- रिडी- शालिग्राम लोक मार्ग र छाप दब्छे सुलसुले वैघा सडक खण्डले पूर्णता पाउने भएका छन् । इसिडी शिक्षकहरूलाई मासिक १५ हजारको वयवस्था गरिएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


