गण्डकीका मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिने

पोखरा : गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ ।
शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र थप मन्त्री परिषद् विस्तार गर्न लागेको छ । अहिले मुख्यमन्त्री बाहेक तीन राजनीतिक दलबाट एक–एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई विना विभागीय मन्त्री बनाईएको छ ।
विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरेको छ । अव विश्वासको मत लिएपछि मात्रै बजेटमाथि थप छलफल प्रारम्भ हुने बताईएको छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ ।
स्रोतका अनुसार ४ गते विश्वासको मत लिन जनाईएको छ । गण्डकीमा ११ मन्त्रालय छ । अहिले ५ मन्त्री मात्रै नियुक्त भएका छन् । बाँकी मन्त्री नियुक्तीका लागि राजनीतिक पार्टीभित्र छलफल चलिरहेको छ
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…