केन्द्र कै नियति त भोग्दैन गण्डकी प्रदेशले !
पोखरा :
बिपक्षी गठबन्धनले हिजो ३१ सासदको उपस्थितिमा बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका थिय तर आज मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका छन् । केन्द्रमा राष्टपतिले प्रतिनिधिसभा विघटन गरे जस्तै केपि ओलीबाट हालै नियुक्त भएकी प्रदेश प्रमुखले पनि कतै प्रदेशसभा नै विघटन त गर्ने होईन्न भन्ने कुरा सबैमा चासोको विषय बनेको छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार जसपा केन्द्रीय सदस्य शंकर गौतम, तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता भएकाले आफ्नो पार्टीको समर्थन गुरुङलाई रहेको भन्ने पत्रसाथ मुख्यमन्त्री गुरुङले पनि दावी गरेका हुन् ।
विपक्षी गठबन्धनले भने हिजो मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्दौ ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए। विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १५ जना नेकपा माओवादी केन्द्रका ११ जना , जसपाका २, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र गरी ३१ जना सांसद छन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद चाहिन्छ। फेरि
केन्द्रमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना साँसदको समर्थन रहेको दाबी पेश गरेका थिए भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १ सय ४९ जना साँसदको समर्थन भएको पत्र राष्ट्रपतिलाई बुझाएका थिए । तर राष्ट्रपति भण्डारीले दुवै दाबी पूर्ण नभएको भन्दै मध्यरातमा खारेज गरेकी थिईन । कतै गण्डकीमा पनि प्रदेश प्रमुखले केन्द्रकै राष्ट्रपतिको बाटो समाउने होईनन !
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


