गल्याङको शैक्षिक गुणस्तर वृद्वि र प्रभावकारी बनाउन एक दिने शैक्षिक अन्तरसंवाद

edu galyang

गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाको शैक्षिक उन्नयन तथा गुणस्तर वृद्वि एवम् प्रभावकारी रुपमा सञ्चालनका सन्दर्भमा देखिएका चुनौती र समाधानका विषयमा एक दिने शैक्षिक अन्तरसंवाद कार्यक्रम गरिएको छ ।
गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय र शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र लक्ष्मी टेलिभिजनको सहआयोजनामा आयोजित अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बक्ताहरुले राखेका समस्या र जिज्ञासाको सम्बोधन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख भूपराज अधिकारीले वितेका ४ वर्ष नीति तथा कार्यक्रम र सिक्दा सिक्दै वितको र अवको लक्ष्य भनेको शिक्षालाई प्रभावकारी र गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा यस्ता अन्तरसंवाद कार्यक्रमहरुले महत्व राख्ने बक्ताहरुले बोल्नु भएका कुराहरुलाई आत्मसाथ गरेर सुझावलाई सिरोधार्य गरेर अगाडि वढ्ने र शिक्षामा देखिएका समस्याहरुको समाधान गर्ने पक्षमा आफू रहेको कुरा बताउनु भयो ।
नगर प्रमूख अधिकारीले भन्नु भयो गल्याङ नगरपालिकाले शिक्षामा केही नगरेको होईन तर ठूलो धनराशी खर्चिएको भएता पनि उपलब्धी नदेखिएको बताउँदै अवका दिनमा उपलब्धी देखिने गरि बजेटलाई व्यवस्थापन गरेर अगाडि वढ्ने कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले हामीले शिक्षामा देखिएका समस्यालाई निरन्तर लागि परेर समाधानको पाटो खोज्नु पर्ने र आफूहरु नलागे सम्म शिक्षाका समस्याहरुको समाधान नहुने बताउदै गण्डकी प्रदेशमा शिक्षाको बैकल्पिक पाठ्यपुस्तक प्रकाशन तथा वितरण गर्ने पहिलो नगरपालिका गल्याङ नगरपालिका भएको कुरा बताउनु भयो ।
कार्यक्रममा भानु भक्त आचार्य माविका प्रअ रामकान्त पाठक, जानकी माध्यमिक विद्यालयका प्रअ लेखनाथ चापागाई,महेन्द्र दर्शन माविका प्रअ कुलानन्द खनाल, बज्रे भञ्ज्याङ माविका प्रअ नेत्र प्रसाद गैह्रे, ग्रिन चौर इङलिस बोडिङ स्कूलका प्रिन्सिपल द्रबेन्द्र देव खनाल, चिराग आवासीय माध्यमिक विद्यालयका भाईस प्रिन्सिपल प्रेम बन्धु सुबेदी, आदर्श आवासीय माध्यमिक विद्यालयका शिक्षक ओम प्रकाश अर्याल लगायतले गल्याङ नगरपालिका भित्रका शिक्षाका समस्या र समाधानका उपायका विषयमा सल्लाह र सुझाव दिनु भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ स्याङ्जाका उपाधयक्ष एवम् गल्याङ नगर शिक्षा शाखाका सदस्य राजेन्द्र देव खनालले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो ।
भने कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख केदार राज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मी टेलिभिजनका समाचार प्रमुख टिकाराम अधिकारीले गर्नु भएके थियो ।

 

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP