कता हरायो गण्डकी प्रदेशसभाको लोगोबाट चुच्चे नक्सा ?
गण्डकी:
गण्डकी प्रदेशसभाको लोगोबाट चुच्चे नक्सा हराएको छ । आज जेठ २७ गते जारी बैठकमा पोडियम र युट्युबमा प्रसारण भएको लाइभ भिडियोमा पुरानो नक्सा अंकित लोगो प्रयोग भएको छ।
नक्सा प्रयोगका लागि संविधान संशोधन गरिएको एक वर्ष बिते पनि गण्डकी प्रदेशसभामा भने अझै पनि चुच्चे नक्सा प्रयोग गरिएको छैन । गत वर्ष जेठ ७ गते नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्दै जेठ ३१ गते संविधान संशोधन गरी निशान छापमा समेत प्रयोग गरेको थियो ।
नयाँ नक्सा प्रकाशन र संविधान संशोधनपछि प्रतिनिधिसभा, राष्ट्रियसभा मात्र नभइ देशका हरेक सरकारी कार्यालयमा चुच्चे नक्सा प्रयोग हुन थालिसकेको छ । तर, गण्डकी प्रदेशसभाले भने नक्सा सार्वजनिक भएको वर्ष दिन बितिसक्दा पनि पुरानै नक्सा प्रयोगमा ल्याएको छ ।
संसद सचिवालयले प्रदेशसभाको युट्युब च्यानल, प्रदेशसभाका बैठकहरू प्रसारण हुने भिडियोमा त प्रयोग गरेको छैन नै, सांसदहरू उभिएर बोल्ने पोडियममा समेत पूरानै नक्साअंकित लोगो प्रयोग गरिरहेको छ ।
हुन त हाल राजनीति जनता र देशका लागि भन्दा आफु र आफ्नो गुटको लागि मात्र भएको बेला कसलाई पो यस्ता कुराको ख्याल । नेताहरु सत्ताका लागि धोति र टोपि पनि फुकाल्न तयार भएको देशमा राष्टियता र सार्वभौमसत्ताको परिभाषामा कसले पो ध्यान दिन्छ र तै पनि संसद सचिवालयका कर्मचारीले त आफ्नो काम र कर्तव्य भुल्नु नपर्ने हो । यता संसद सचिवालयकी सूचना अधिकारी एवं उपसचिवले भने कोभिड संक्रमणको जोखिम कारण प्रदेशसभा स्थल परिवर्तन भएकाले नयाँ लोगो प्रयोग गर्न समस्या भएको जवाफ दिएकी छन ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


