जसपाका ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल पुर्नगठन ।
काठमाडौं:
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागि गराएर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठन गर्नुभएको हो ।
पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
पुनर्गठित मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा, अनिल झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, विमल श्रीवास्तवलाई श्रम, एकवाल मियाँलाई वन, चन्दा चौधरीलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ । यस्तै, चन्द्रकान्त चौधरीलाई उर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा पनि व्यापक परिर्वतन गर्नु भएको छ । वहालवाला मन्त्रीहरुमा अर्थमन्त्री विष्णु पौडेल, न्याय तथा कानुनमन्त्री लिलानाथ श्रेष्ठ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ बाहेक अरु सवैलाई विदा गरिएको छ । अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ भने रघुविर महासेठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाइएको छ । यस्तै शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बन्नुभएको छ ।
गृह, रक्षा, सञ्चार, सामान्य प्रशासन, कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने प्रधानमन्त्रीले आफैंसंग राख्नुभएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


