ओलीले फेरी मन्त्रिमण्डल विस्तार गर्दै ।
काठमाण्डौ:
अघिल्लो साता मात्रै पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आज फेरी सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका छन । नेपाल-खनाल पक्षलाई पर्खेर बसेका ओलीले अन्तत्वगत्वा एमालेमा प्रवेश गरेका माओवादी साथिहरु तथा नेपाल-खनाल छाडेकाहरुलाई समेटेका छन । उनले गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्री नियुक्त गर्न लागेका हुन्।
गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषिमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनी राना साथै मोहन बाँनिया-विना विभागीय, उद्योग मन्त्रीमा राजकिशोर यादव, गणेश पहाडी-सामान्य प्रशासन मन्त्री साथै आशा बिक वन राज्यमन्त्री हुने भएका छन्।
नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाइएको छ। अघिल्लो मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकेै बेला ओलीले फेरी मन्त्रिपरिषद् विस्तार गरेर कानुनीराजको खिल्लि उडाएको कुरा राजनीतिक वृतमा चर्चामा रहेको छ ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


