ओलीले फेरी मन्त्रिमण्डल विस्तार गर्दै ।

काठमाण्डौ:
अघिल्लो साता मात्रै पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आज फेरी सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका छन । नेपाल-खनाल पक्षलाई पर्खेर बसेका ओलीले अन्तत्वगत्वा एमालेमा प्रवेश गरेका माओवादी साथिहरु तथा नेपाल-खनाल छाडेकाहरुलाई समेटेका छन । उनले गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्री नियुक्त गर्न लागेका हुन्।
गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषिमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनी राना साथै मोहन बाँनिया-विना विभागीय, उद्योग मन्त्रीमा राजकिशोर यादव, गणेश पहाडी-सामान्य प्रशासन मन्त्री साथै आशा बिक वन राज्यमन्त्री हुने भएका छन्।
नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाइएको छ। अघिल्लो मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकेै बेला ओलीले फेरी मन्त्रिपरिषद् विस्तार गरेर कानुनीराजको खिल्लि उडाएको कुरा राजनीतिक वृतमा चर्चामा रहेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…