नेपाली कांग्रेसमा क्रियाशील सदस्यता संख्या ८ लाख भन्दा बढि ।
काठमाण्डौ
आगामि भदौमा हुने १४ औं महाधिवेशनका लागि नेपाली कांग्रेसले १० लाख क्रियाशील सदस्य पुग्ने बताएको छ। ७७ जिल्ला मध्य सप्तरी, बारा, धनुषा, सिन्धुपाल्चोक, बर्दिया, रूकुम पश्चिम, डडेलधुरा, प्युठान र काभ्रेमा केही काम बाँकी रहेकोले यी जिल्लाका पूर्ण विवरण आइसकेको छैन।
यी बाहेक अन्य जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम करिब सकिएर विवरण नै सफ्टवेयरमा इन्ट्री भइसकेको छ । ‘यी मध्ये सप्तरी, बारा र सिन्धुपाल्चोकमा नयाँ वितरण र नवीकरणका काम केही बाँकी छन्,’ केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले सेतोपाटीसँग भने, ‘अन्य ठाउँमा करिब काम टुंग्याएका छौं।’
अहिलेसम्म ८ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको सचिव रिजालले जानकारी दिए। क्रियाशील सदस्यबारे चित्त नबुझेमा उजुरी दिन सकिने व्यवस्था कांग्रेसले गरेकोमा अहिले सम्म एक हजार दुई सय उजुरी परेका छन्।कांग्रेसले क्रियाशीलको नाम पार्टीको वेवसाइटमा राखेको छ। नियम विपरीत कसैले क्रियाशील लिएको भए असार ६ गतेभित्र उजुरी दिइसक्न भनिएको छ।
यस्तै कांग्रेसले पार्टी महाधिवेशन एक साता सार्ने प्रस्ताव गरेको छ। पदाधिकारीबीच महाधिवेशन पर धकेल्न सहमति भइसके पनि केन्द्रीय समितिले यसबारे निर्णय गरिसकेको छैन। बिहीबार यसबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ। भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका भए पनि अब भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव छ। कोरोना महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम गर्न नसकिएकोले महाधिवेशन पर धकेल्नु परेको कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेकोमा एक महिना पर धकेल्न लागिएको छ। अधिवेशनका लागि मतदाता हुने क्रियाशील सदस्ता नै टुंग्याउन ढिला हुँदा अधिवेशन प्रभावित बनेको छ।
यस्तो छ महाधिवेशनको प्रस्तावित कार्यतालिका:
गाउँ र नगर वडा अधिवेशनस: २०७८ साउन ६ गते।
गाउँ र नगरपालिका अधिवेशन: साउन ११ गते।
प्रदेश सभा क्षेत्रीय अधिवेशन: साउन १६ गते।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २० गते।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २४ गते।
प्रदेश अधिवेशन: भदौ १ र २ गते।
केन्द्रीय महाधिवशेन: भदौ १६ देखि १९ गते सम्म काठमाडौंमा।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…