बालुवा र ढुंगा बेचेर व्यापार घाटा कम गर्ने अर्थमन्त्रीको कार्यक्रमको बिरोध ।

chure dohan
काठमाण्डौ:
सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटमा व्यापार घाटा कम गर्न ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रमको चौतर्फी बिरोध भइरहेको छ।
नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कुराले घुमाउरो पारामा नेपालको चुरे क्षेत्रको विनाश, तराईका उब्जाऊ भूमिलाई मरूभूमिमा परिणत गर्ने  र केही ठेकेदार तथा भारतलाई  रिझाउने योजनाको प्रारम्भ भएको विभिन्न क्षेत्रका विज्ञ तथा राजनितिज्ञले जनाएका छन ।
विगतमा तस्करहरूले ढुंगा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने गरेका कारण चुरे क्षेत्रको दोहन भएपछि सरकारले निकासीमा रोक लगाएको थियो ।एकातिर चुरे संरक्षणका लागि भनेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ भने अर्को तिर ओली सरकारले राष्ट्रपतिबाटनै जारी भएको अध्यादेश मार्फत बजेटमा ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गर्ने प्रावधान राखिनु अनौठो भएको विज्ञ बताउँछन् । सरकारले व्यापार घाटा घटाउने उपायका रुपमा ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने अनुमती मात्रै दिएको छैन, ढुंगा खानीदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न लाग्ने सामग्रीको आयातमा भन्सार छुट दिनेसमेत बताएको छ ।
विभिन्न विज्ञ तथा राजनीतिक दलले बिज्ञप्ति मार्फत यसको तिब्र बिरोध गरेका छन भने सामाजिक सञ्जालमा समेत यसको बिरोध जारी छ ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP