बालुवा र ढुंगा बेचेर व्यापार घाटा कम गर्ने अर्थमन्त्रीको कार्यक्रमको बिरोध ।
काठमाण्डौ:
सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटमा व्यापार घाटा कम गर्न ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रमको चौतर्फी बिरोध भइरहेको छ।
नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कुराले घुमाउरो पारामा नेपालको चुरे क्षेत्रको विनाश, तराईका उब्जाऊ भूमिलाई मरूभूमिमा परिणत गर्ने र केही ठेकेदार तथा भारतलाई रिझाउने योजनाको प्रारम्भ भएको विभिन्न क्षेत्रका विज्ञ तथा राजनितिज्ञले जनाएका छन ।
विगतमा तस्करहरूले ढुंगा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने गरेका कारण चुरे क्षेत्रको दोहन भएपछि सरकारले निकासीमा रोक लगाएको थियो ।एकातिर चुरे संरक्षणका लागि भनेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ भने अर्को तिर ओली सरकारले राष्ट्रपतिबाटनै जारी भएको अध्यादेश मार्फत बजेटमा ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गर्ने प्रावधान राखिनु अनौठो भएको विज्ञ बताउँछन् । सरकारले व्यापार घाटा घटाउने उपायका रुपमा ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने अनुमती मात्रै दिएको छैन, ढुंगा खानीदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न लाग्ने सामग्रीको आयातमा भन्सार छुट दिनेसमेत बताएको छ ।
विभिन्न विज्ञ तथा राजनीतिक दलले बिज्ञप्ति मार्फत यसको तिब्र बिरोध गरेका छन भने सामाजिक सञ्जालमा समेत यसको बिरोध जारी छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…