वालिङ : अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहयोग

help waling mun

वालिङ :

वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरिएको आईसोलेसनका लागि दश थान अक्सिजन कन्सन्ट्रेटरका आर्थिक सहयोग जुटेको छ ।

वालिङ नगरपालिकाको समन्वयमा विभिन्न संघ संस्था तथा ब्यक्तिहरुमार्फत अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग जुटेको हो ।

वालिङ नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा प्रयोग गर्नका लागि ईच्छुक ब्यक्ति तथा संघ संस्थाहरुसँग आवश्यक स्वास्थ्य सामग्री सहयोगका लागि आब्हान गरेसँगै सहयोग आउने क्रम जारी रहेको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।

“अस्पतालमा ३५ शैया क्षमताको अक्सिजन सिलिण्डरसहितको सुविधासम्पन्न आईसोलेसन सञ्चालनमा ल्याएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “अक्सिजन सिलिण्डर भर्नकालागि पोखरा लैजान ल्याउन झण्झट हुने, समय लाग्ने र पछि प्रर्याप्त मात्रामा उपलब्ध नहुन पनि सक्ने संभावना भएकाले विद्युतीय अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका हौं ।”

आईसोलेसनमा प्रयोग गर्नका लागि विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुले अस्पतालको खातामा वा नगरपालिका कार्यालयमा आएर चेक तथा नगद हस्तान्तरण गर्दै आउनुभएको नगर प्रमुख खाँणले बताउनुभयो ।

कोरोना महामारीको हटस्पटकोरुपमा रहेको वालिङमा नागरिकस्तरबाट स्वास्थ्यसम्बन्धी उपकरणहरु उपलब्ध गराएर नगरपालिका तथा स्वास्थ्यकर्मीहरुलाई गरेको सहयोगप्रति नगर प्रमुख खाँणले आभार ब्यक्त गर्नुभयो ।

“विभिन्न दाताहरुले उपलब्ध गराउनुभएको सहयोग रकमबाट अक्सिजन कन्सन्ट्रेटर खरिद गरिसकेका छौं” प्रमुख खाँणले भन्नुभयो, “खरिद गरिएको सामन अब १/२ दिनभित्रैमा वालिङ आईपुग्छ ।”

अक्सिजन कन्सन्ट्रेटर खरिदकालागि ब्यक्ति तथा संघ संस्थाबाट आजसम्म दश लाख बढी रकम सङ्कलन भईसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।

Facebook Comments Box
TOP