स्याङ्जा र पर्वतका कोरोना संक्रमितको पोखरामा मृत्यु ।
गण्डकी प्रदेशमा कोरोना थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जा र पर्वतका १/१ संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका ११ का ५० वर्षीय पुरुष र पर्वतको जलजला गाउँपालिका ७ का ८४ वर्षीय पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
स्याङ्जाका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र पर्वतका संक्रमितको मणिपाल शिक्षण अस्पताल बुधबार राति मृत्यु भएको हो ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।
प्रदेशमा संक्रमितको संख्या २० हजार ४ पुगेको छ । तीमध्ये १७ हजार ७२ जना निको भएका छन् ।

समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


