स्याङ्जा र पर्वतका कोरोना संक्रमितको पोखरामा मृत्यु ।

गण्डकी प्रदेशमा कोरोना थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जा र पर्वतका १/१ संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका ११ का ५० वर्षीय पुरुष र पर्वतको जलजला गाउँपालिका ७ का ८४ वर्षीय पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
स्याङ्जाका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र पर्वतका संक्रमितको मणिपाल शिक्षण अस्पताल बुधबार राति मृत्यु भएको हो ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।
प्रदेशमा संक्रमितको संख्या २० हजार ४ पुगेको छ । तीमध्ये १७ हजार ७२ जना निको भएका छन् ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…