स्याङ्जामा पनि शुरु भयो निषेधाज्ञा ।
स्याङ्जा :
कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबार (आज) बिहान देखि निषेधाज्ञा लगाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भयो । जिल्लामा संक्रमितको संख्या २ सय कटे पछि लकडाउन गर्नु परेको उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको उल्लेख छ ।
जिल्लामा हाल २ सय १२ जना संक्रमित पाइएका छन् । स्याङ्जामा अहिलेसम्म विभिन्न पालिकामा गरी २ सय १० वटा आइसोलेसन बेड छन् ।
प्रजिअ नेपालले सबै पालिकामा आइसोलेसन सेन्टर बनाउन शुरु गरिएको बताउनु भयो । । यसभन्दा अघि वालिङ, गल्याङ, भीरकोट, पुतलीबजार, फेदीखोला र आँधीखोलामा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो । कोरोनाका बिरामीलाई मध्यनजर गर्दै जिल्ला अस्पतालमा १० वटा बेड एचडीयू (पाइपलाइनबाटै अक्सिजन दिन मिल्ने सेवा) निर्माण गर्न लागिएको छ । अहिले जिल्ला अस्पतालमा २५÷३० जनालाई अक्सिजनसहितको उपचार दिन सकिने व्यवस्था रहेको प्रजिअ नेपालले जानकारी दिनुभयो ।
औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म १ हजार ३३ जना कोरानाबाट संक्रमित छन् । ती मध्ये ८ सय २१ जना निको भएको र २ सय १२ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


