स्याङ्जामा पनि शुरु भयो निषेधाज्ञा ।
स्याङ्जा :
कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबार (आज) बिहान देखि निषेधाज्ञा लगाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भयो । जिल्लामा संक्रमितको संख्या २ सय कटे पछि लकडाउन गर्नु परेको उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको उल्लेख छ ।
जिल्लामा हाल २ सय १२ जना संक्रमित पाइएका छन् । स्याङ्जामा अहिलेसम्म विभिन्न पालिकामा गरी २ सय १० वटा आइसोलेसन बेड छन् ।
प्रजिअ नेपालले सबै पालिकामा आइसोलेसन सेन्टर बनाउन शुरु गरिएको बताउनु भयो । । यसभन्दा अघि वालिङ, गल्याङ, भीरकोट, पुतलीबजार, फेदीखोला र आँधीखोलामा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो । कोरोनाका बिरामीलाई मध्यनजर गर्दै जिल्ला अस्पतालमा १० वटा बेड एचडीयू (पाइपलाइनबाटै अक्सिजन दिन मिल्ने सेवा) निर्माण गर्न लागिएको छ । अहिले जिल्ला अस्पतालमा २५÷३० जनालाई अक्सिजनसहितको उपचार दिन सकिने व्यवस्था रहेको प्रजिअ नेपालले जानकारी दिनुभयो ।
औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म १ हजार ३३ जना कोरानाबाट संक्रमित छन् । ती मध्ये ८ सय २१ जना निको भएको र २ सय १२ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


