स्याङजामा कोभिडको लक्षण देखिएकी युवतीको मृत्यु, आफन्तले नै उठाएनन शव
भवानी अधिकारी/स्याङजा :
कोरोना लक्ष्यण देखिएका तर पिसिआर परिक्षण नभएका एक युवतीको मृत्यु भएपछि उनका आफन्तले शव उठाउन मानेका छैनन।
पुतलीबजार नगरपालिका १० का २६ बर्षिया एक युवतीको बुधवार बिहान निधन भएको हो । कोभिडका लक्ष्यण देखिएको तर, पिसिआर परिक्षण नभएको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफलेले जानकारी दिए ।
बिरूवा स्थीत माइतमा बस्दै आएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधवार बिहान जिल्ला अस्पताल स्याङजा ल्याइएको थियो। अस्पतालले थपउपचारका लागि पोखरा रिफर गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा. रमेश आचार्य बताउछन्।
उपचारका लागि पोखरा लैजादै गर्दा उनको बाटोमै निधन भएपछि फर्काएर ल्याइएको मृत शरिर अहिले अस्पतालमा राखिएको छ ।
कोरोनाको तिव्रतर बढ्दो संक्रमण र त्रास कारण उनका आफन्तले सो शव उठाएका छैनन् । मृत्युपछि ती युवतीको स्वाव परिक्षणका लागि पठाइएको छ ।
शव ब्यवस्थापनका बारे पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीसंग समन्वय भईरहेको १० का सदस्य सुरजकुमार अधिकारीले जानकारी दिए। pic-web/googles
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…