रामनदी धाम घाटमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाईने
गल्याङ : स्याङ्जाको रामनदी धाम राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।
स्थानीय शिबहरी अमात्यले २५ जना भन्दा बढि मलामी राम्दीमा जम्मा हुन नपाउने सहितका निर्णय गरिएको बताउनुभयो ।
उहाँका अनुसार विहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्रै शब जलाउन पाइने भएको छ । अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको उहाँले बताउनुभयो । यस्तै, मलामीहरु खानपिनका लागि बजार बस्न नपाउने र बजार डुल्न नपाउने निर्णय भएको छ । कोरोना संक्रमीतको संख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


