फेदीखोला गाउँपालिकाले अनलाइनबाट कक्षा ८ को नतिजा प्रकाशन गर्यो

स्याङजा : फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत नतिजा प्रकाशन गरेको छ। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दे कक्षा ८ को नजिता अनलाइनमार्फत सार्वजनिक गरेको हो। नतिजालाई पालिका आफ्नो वेवसाइटमा राखेको छ। संक्रमणका बेला विद्यार्थी र अभिभावकले घरमै बसेर नतिजा थाहा पाउन भन्ने उदेश्यले अनलाइनमार्फत प्रकाशन गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।
एसईईकै मोडलमा कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ। वेवसाइटमा गएर विद्यार्थीले आफ्नो सिम्बोल नम्बर र जन्म मिति टाइप गरेपछि नतिजा थाहा पाउन सक्छन। अध्यक्ष सुवेदीले थपे,‘मार्कसिटसहितको नजिता हेर्न र प्रिन्ट गर्न पनि सक्नेगरी राखिएको छ।’
पालिकाले मंगलबार भर्चुअल माध्यमबाट शिक्षा समितिको बैठक बसेपछि नजिता प्रकाशन गरेको हो। वैशाख १६ देखि आधारभूत तहको परीक्षा संचालन गरेको र कक्षा ८ का २ सय ३० सहभागीमध्ये सबै उत्तिर्ण भएका छन् शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए। ग्रेड भने फरक रहेको बताइएको छ।
पाँच वडा रहेको पालिकाभित्रका २७ वटा विद्यालय छन। तीमध्ये ९ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय कक्षा ८ का आधारभूत परीक्षामा सहभागी थिए।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…