काग्रेस क्षेत्र नं २ (१)द्वारा वडा-वडामा कोभिड रोकथाम समिति परिचालन
नेपाली काग्रेसले कोरोना रोकथामका वडा वडामा समिति परिचालन गरेको छ । क्षेत्र नं. २ प्रदेश १ अन्र्तगतका १९ वटै वडाहरुमा पार्टीका भातृ एवं सुभेच्छुक संस्थाहरुलाई परिचान गरिएको हो । क्षेत्र नं. २ प्रदेश १ र वालिङ नगरस्तरीय कोभिड रोकथाम सहयोग निर्देशक समिति, फिल्ड समिति गठन गरी सबै वडाहरुमा पार्टीका भातृ एवं सुभेच्छकु संस्थाहरुलाई समिति निर्माण गरि परिचालन गरिएको क्षेत्र नंं २ प्रदेश १ का सभापति अर्जुनप्रकाश अर्यालले बताउनुभयो ।
कोडिभ रोकथाम सहयोग निर्देशक समितिमा अर्जुनप्रकाश अर्याल, सरस्वति अर्यालतिवारी, लक्ष्मीप्रसाद रेग्मी, विष्णु पौडेल, अर्जुनप्रसाद खनाल, भिमलाल सुवेदी र भुपराज बगाले रहनुभएको छ । त्यस्तै सूचना संकलन तथा सूचना प्रवाह समितिमा दामोदर लम्साल, तोयनाथ अर्याल, खगिसरा भण्डारी, सिता चापागाँई, बोला पाठक संगिता, नेत्रप्रसद सुवेदी रहनुभएको छ । त्यस्तै कोष व्यवस्थापन तथा संचालन समितिमा चेतनारायण श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, चक्रबन्धु रेग्मी र दिपक रेग्मी रहनुभएको छ भने फिल्ड तथा स्टेरिङ समितिमा आशिषप्रताप खांण, धु्रव पंगेनी, विश्वास लम्साल, दिक्षान्तप्रताप खांण, कमल कुँवर, सागर कुँवर, राजेश डुम्रे र संदिप कंडेल रहनुभएको छ ।
पछिल्लो समय वालिङ क्षेत्रमै कोरोनाका संक्रमितको संख्या र मृत्युदर बढेको भन्दै गम्भीर बन्न आग्रह कागे्रसले आग्रह पनि गरेको छ । यो तिन हप्ता संक्रमणको दर भयावह बन्न सक्ने विज्ञहरुले बताईरहेका बेला यसको नियन्त्रणका लागी गाँउ गाउँमा पुग्न कार्यकर्ताहरुलाई आग्रह गरेको हो ।
क्षेत्र नं. २ प्रदेश १ का अर्जुनप्रकाश अर्याल र वालिङ नगरकार्यबहाक सभापति भिमलाल सुवेदीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश नगर र वडामा सबैलाई परिचालन गरिएको उल्लेख गरिएको छ । संक्रमित स्थानहरुमा स्वास्थ्यकर्मीसंगै घरघरमै गई संक्रमितको आत्मबल उच्च राख्न आवश्यक सहयोग गर्न आग्रह गरिएको कार्यबहाक सभापति सुवेदीले बताउनुभयो । संक्रमितहरुको अवस्थाका बारेमा छिटो सूचना प्रवाह गरी जटिल अवस्था हुनबाट जोगाउन अपिल गरिएको छ । कागे्रसले कोरोना रोकथामका लागी विकास आयोजनाका रकम समेत कटौती गरी आवश्यक शैया र अक्सिनजको व्यवस्थापनमा जुट्न समेत वालिङ, भीरकोट र गल्याङका जनप्रतिनिधिलाई अनुरोध गरेको छ ।




समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


