माओवादीको समर्थन फिर्ता, कांग्रेसले विश्वासको मत नदिने
काठमाडौं
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार भएको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने केन्द्रीय सदस्य गणेश शाहले जानकारी दिए । नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि माओवादीले समर्थन फिर्ता लिएको थिएन ।
प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।
उता, नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी तथा शीर्ष नेताको बैठकले ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


