लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनुभएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको छ ।
आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै छ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिनुभएको हो ।
माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ । उज्यालाे अनलाइन
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


