लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनुभएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको छ ।
आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै छ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिनुभएको हो ।
माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ । उज्यालाे अनलाइन
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


