वालिङमा सञ्चालनमा आयो सुविधा सम्पन्न आईसोलेसन केन्द्र
स्याङजा :
वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आईसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।
वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
अस्पतालमा निर्माणाधिन भवनमा सञ्चालनमा ल्याईएको आईसोलेसन कक्षमा रहेका प्रत्येक शैयामा अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी उपचार गरिने उहाँले बताउनुभयो ।
कोभिडको दोस्रो लहरका सङ्क्रमितहरुमध्ये केहीलाई स्वास प्रस्वासमा समस्या देखिने गरेकाले उहाँहरुको अवस्था हेरी अक्सिजन दिएर उपचार गरिने र धेरै नै समस्या देखिएमा वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्र्ने अवस्था आएमा थप उपचारका लागि पोखरा पठाईने नगर प्रमुख खाँणले बताउनुभयो ।
“बजार तथा गाउँ÷गाउँमा सङ्क्रमितहरु हुनुहुन्छ उहाँहरुको प्रत्येक दिन फोनमार्फत स्वास्थ्य अवस्था बुझ्ने गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “कसैलाई स्वास फेर्न अप्ठ्यारो भएमा वा अन्य समस्या भएमा तत्कालै गएर ल्याउँछौं र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्छौं ।”
विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर तथा सङ्क्रमितको संख्या स्याङ्जाका एघार पालिकामध्ये वालिङमा धेरै छ ।
गह«ौं प्राथमिक अस्पतालमा दैनिक लक्षण देखिएका विरामी तथा कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरुको एन्टिजिन विधिमार्फत स्वाबको नमूना लिने गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा गरिएको नमूना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि आवश्यक औषधिहरु दिएर होम आईसोलेसनमा बस्न आग्रह गर्ने, अप्ठ्यारो भएमा वा कुनै समस्या देखिएमा तत्काल सम्पर्क गर्नकालागि नम्बरहरु दिएर पठाउने गरिएको छ । होम आईसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्कालै आईसोलेसन कक्षमा ल्याई उपचार गरिने उहाँले बताउनुभयो ।
सङ्क्रमितहरुलाई दैनिक मनोसामाजिक परामर्श दिने गरिएको छ भने घर–घरमै लगेर औषधिहरु पनि उपलब्ध गराउँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…