कतारबाट स्वास्थ्य सामग्री सहयोग

logo

गल्याङ :

स्याङ्जा जिल्ला गल्याङ नगरपालिकामा रहेको प्रहरी चौकी र गल्याङ नगर अस्पताललाई कतारबाट स्वास्थ्य सामाग्री उपलब्ध भएको छ । कोरोना भाइरसको दोश्रो भेरिण्टका कारण जिल्लामै धेरै मृत्यु भएको स्थानीयतह गल्याङ नगरपालिकामा स्वास्थ्य जनचेतना आवश्यक भएको भन्दै वैदेशिक रोजगारको लागि कतार पुग्नु भएका गल्याङ नगरपालिका ११ खरिपानीका राम प्रसाद अधिकारीले गल्याङ नगर अस्पताललाई ६० काटुन मिनिरल बोटल पानी ६ बक्स मास्क र गल्याङ प्रहरी चौकी लाई आधा लिटरका दुई पिस सेनिटाइजर ,५ बक्स मास्क र पाँच लिटरको एक ग्यालेन सेनिटाइजर उपलब्ध गराउनु भएको हो ।

देशलाई बिपत्ति पर्दा सबैले सहयोग गर्नुपर्ने भन्दै यस्तो घडीमा सबै मिलेर सक्दो सहयोग गर्नुपर्ने ठानेर आफ्नो परिश्रमबाट आएको केही रकम सहयोग गरेको उहाँको भनाइ थियो । कुराकानीकै क्रममा उहाँले नगरवासीलाई आवश्यक पर्ने खोप किन्न रकमको अभाव भए त्यसको लागि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । “एक थुकी सुकि सय थुकी नदि” भनेझैं यस्तो अवस्थामा सक्ने सबैले नगरको स्वास्थ क्षेत्रमा सहयोग गर्न पनि उहाँको आग्रह थियो ।

राम प्रसाद अधिकारी
राम प्रसाद अधिकारी
Facebook Comments Box
TOP