गल्याङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्मा

damodar sharma galyang

गल्याङ : गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्माले सोमबार देखि कार्यभार ग्रहण गर्नुभएको छ ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीको सरुवा भएपछि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शर्माले सोमबार देखि कार्यभार सम्हाल्नुभएको हो ।
शर्मालाई गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वागत गर्दै नगरपालिकालाई अझै उचाइमा पु¥याउनका लागि शर्माको कार्यकाल सफल रहने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अहिलेको विषम परिस्थितिमा नगरपालिकाले गर्नुपर्ने काम धेरै छन् । त्यसमा हामी मिलेर स्वास्थ्य र अन्य सवालमा धेरै काम गर्न सक्छौं भन्ने विश्वास छ ।’
उहाँले कोरोना महामारीको नियन्त्रण अहिलेको मुख्य काम भएकाले त्यसलाई प्रभावकारी रुपमा समाधान गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
यसैवीच, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरवासीलाई सुरक्षित राख्ने कार्यमा दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । पदभार ग्रहण गरेपछि कर्मचारीहरुलाई निर्देशन दिदै उहाँले सबै पक्ष मिलेर नागरिक बचाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
आफुले टिम वर्कमा विश्वास गर्ने भन्दै शर्माले सबै मिलेर मात्रै लक्ष प्राप्त गर्न सकिने बताउनुभयो ।
उहाँले निष्ठापूर्वक तथा आफ्नो कर्तव्य सम्झेर कार्यसम्पादन गरेमा पेशागत व्यक्तित्व अझै उचाईमा पुग्ने बताउनुभयो ।
सेवाग्राहीलाई सेवा दिने क्रममा स्वास्थ्यका मापदण्डहरु अपनाउन आग्रह गर्दै शर्माले आफु सुरक्षित रहेर सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको संक्रमण अत्यन्तै जटिल रहेको भन्दै सबै नागरिकलाई सुरक्षित राख्न सबैले आफ्नो आफ्नो विचार र सुझाब दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारराज आचार्य, वडा नम्बर दुईका अध्यक्ष इव प्रसाद कर्माचार्य तथा नगरपालिकाका शाखा प्रमुख सहितका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Facebook Comments Box
TOP