वालिङमा ‘जनस्वास्थ्य विपद’ काे घोषणा, एक हप्ता बन्द रहने, के-के गर्न पाइन्छ ?
स्याङ्जा : वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। वालिङ नगर पालिकाको काेराेना क्राईसिस म्यानेजमेन्ट समितिको बैठकको निर्णय अनुशार सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि एकहप्ता बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले १८ गते शनिवार राती देखि बैसाख २५ गते राती १२ बजे सम्म लागु हुनेगरी अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेकाे जनाएकाे छ ।
वालिङमा कोभिड सङ्क्रमित विरामीको संख्या बढ्दै गएकोले नगरस्तरीय कोभिड १९ सङ्क्रमण ब्यवस्थापन केन्द्रको सिफारिसका आधारमा ‘जनस्वास्थ्य विपद’ घोषणा गरी एकहप्ता बन्द गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनु भयाे।
काेराेनाकाे दाेस्राे लहर समुदायस्तरमा पुगेकाले जनस्वास्थ्य विपद घोषणा गरी बन्द गर्ने निर्णय भएको नगर प्रमुख खाँणले बताउनु भयाे । वालिङलाई कोभिड १९ बाट सुरक्षित बनाउन र न्युनिकरण गर्नका लागि विपद घोषणा गर्न बाध्य हुनुपरेको नगर प्रमुख खाँणकाे भनाइ छ।
जनस्वास्थ्य ऐन २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद घोषणा गरी मानिसहरुको भीडभाड हुने स्थानहरु, बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधनहरु, सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगरपालिकाले जनाएकाे छ ।
वालिङमा सक्रिय सङ्क्रमितकाे संख्या ९२ रहेकाे स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनु भयाे ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…