चापाकोट नगरपालिकाले तयार पार्यो अक्सिजन सहितको आईसोलेसन ।
स्याङजा :
कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ ।
चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्ण गरेको उहाँले बताउनु भयो ।
अहिले तत्काल १० बेडको निर्माण गरिए पनि बिरामीहरूको चाप अनुसार बढाउँदै लैजाने योजना रहेकोे नगरप्रमुख गिरीको भनाइ छ ।
जस्तो सुकै अवस्था आई परेपनि नगरवासीलाई सहज सेवा प्रवाह गर्नका लागि सामाग्रीहरु सहित स्वास्थ्यकमीको टोली तयारी अवस्थामा रहेको नगर स्वास्थ्य प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो ।
बुधवार अपरान्ह सम्म चापाकोटमा सक्रिय संक्रमितको संख्या २१ रहेको नगरपालिकाका प्रेस सल्लाहकार बिश्वप्रकाश भट्टराईले बताउनु भयो ।


समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


