चापाकोट नगरपालिकाले तयार पार्यो अक्सिजन सहितको आईसोलेसन ।
स्याङजा :
कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ ।
चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्ण गरेको उहाँले बताउनु भयो ।
अहिले तत्काल १० बेडको निर्माण गरिए पनि बिरामीहरूको चाप अनुसार बढाउँदै लैजाने योजना रहेकोे नगरप्रमुख गिरीको भनाइ छ ।
जस्तो सुकै अवस्था आई परेपनि नगरवासीलाई सहज सेवा प्रवाह गर्नका लागि सामाग्रीहरु सहित स्वास्थ्यकमीको टोली तयारी अवस्थामा रहेको नगर स्वास्थ्य प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो ।
बुधवार अपरान्ह सम्म चापाकोटमा सक्रिय संक्रमितको संख्या २१ रहेको नगरपालिकाका प्रेस सल्लाहकार बिश्वप्रकाश भट्टराईले बताउनु भयो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


