शव अन्त्येष्टिमा गाउँलेले अवरोधपछि पालिकाले जिम्मा लियो

aandhikhola gaupalika

भवानी अधिकारी/स्याङजा :
आँधीखोला गाउँपालिकाका स्थानीयबासीको शव अन्त्येष्टि कार्यमा अवरोध गरेपछि मृतकका घर नजिककैको सार्वजनिक स्थलमा ब्यववस्थापन गरिएको छ ।
गाउँपालिकाले सार्वजनिक सूचनाजारीपछि मात्र शव ब्यवस्थापनमा सहज बनेको थियो । पालिकाका अध्यक्ष सुधिरकुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेल लगायत जनप्रतिनिधी र कर्मचारी मिलेर खाडलखनी शव ब्यवस्थान गरिएको हो ।
गाउँपालिका २ चिलाउनेवासका एक ९३ वर्षीया वृद्ध महिलाको मंगलबार निधन भएपछि आफन्तले शव नउठाएको र ब्यवस्थापनका लागि आधीघाटमा लान पनि नदिएपछि शव ब्यवस्थापन कठिनाई भएको थियो ।
लामोसमयदेखि बिरामी ती जेष्ठ महिलाको मंगलबार (हिजो) बिहान निधन भएको हो । एकदिनअघि सोमबार उनका छोरा बुहारीमा कोरोना संक्रमण पुष्टिभएको थियो । तर, ती जेष्ठ महिलाको भने पिसिआर परिक्षण नभएको पालिकाले जनाएको छ।
मृत्युपछि उनको शव आँधीखोला स्थित घाटमा लैजाने प्रयास भए पनि गाउँलेका अवरोधले लान दिएनन् । एकाघरका छोराबुहारीमा संक्रमण पुष्टि भएकाले आमामा पनि संक्रमण हुन सक्ने जनाउदै गाउलेले शव ब्यवस्थापनमा अवरोध गरेका हुन ।
शवको ब्यवस्थापन जसरी पनि गर्नु नै पर्ने भएपछि गाउँपालिकाले आफनो जिम्मा लियो । जनप्रतिनिधि, प्रहरी र स्वास्थ्यकर्मी सहितको टोलीले सार्वजनिक स्थलमा खाल्डो खनेर शव व्यवस्थापन गर्ने निर्णय बमोजिममा काम गरेको पालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले बताए।
‘बिहान ७ बजेदेखिको शव ब्यवस्थापनको किचलोले दिनै गयो, साँझको ७ बजेतिर पालिकाले खाल्डो खनेर शव ब्यवस्थापन गरियोेें’ अध्यक्ष पौडेलले भने ‘संक्रमित छोराबुहारीलाई संक्रमणको चिन्ता त थियो भने गाउँलेको छिछि र दुरदुरको ब्यवहार भने चुप लागेर हेरेरै बस्न बाध्य भए ।’
यस्तै, नै अर्को घटना गाउँपालिका वडा नं. ४ को सेपतमा पनि भएको उपाध्यक्ष पौडेलले जानकारी गराईन् । संक्रमितसंगै रहु, नजिक जाउँ भन्न खोजेको होइन । तर, कोरोना लागेकै कारण घर र ब्यक्तिलाई अपहेलना गर्ने प्रबृत्तिले समाज कता जादैछ उनले गुनासो पोखिन् ।

Facebook Comments Box
TOP