संक्रमितलाई आयुर्वेदीक औषधी लिएर घर घरमा पुगे गाँउपालिकाका अध्यक्ष पौडेल ।
स्याङ्जा : दोस्रो लहरको कोभिडबाट स्याङ्जाका ग्रामिण क्षेत्र आक्रान्त छ । पहिलो संक्रमणले ग्रामिण क्षेत्रमा त्यती असर नगरेपनि दोस्रो लहरको कोरोना संक्रमणले ठुलो बस्ती बस्तीमा आक्रान्त बनाएको छ । ग्रामिण बस्तीमा संक्रमण फैलिन थालेपछि स्याङ्जाका स्थानीय तहहरुले आ–आफ्नै तवरबाट न्युनिकरण अभियानमा जुट्न थालेका छन् । आफ्ना स्थानीय तहका नागरिकको कोरोना संक्रमणबाट ज्यान जोगाउन सबै खाले स्वास्थ्य मापदण्ड अपनाएको पालिका प्रमुखहरु ब्ताउदै आएका छन् । यसै सन्दर्भमा आँधीखोला गाँउपालिकाले आयुर्वेद औषधी उत्पादन गरी होम आइसोलेसनमा बसेका बिरामीलाई वितरण गर्न थालेको छ । पहिलो चरणमा आयुर्वेदीक औषधीले कोराना संक्रमण जितेका खबर आएका थिए । त्यसैलाई अनुसरण गर्दै गाँउपालिकाले जिल्ला आयुर्वेद केन्द्रको प्राविधिक सहयोगमा औषधी उत्पादन गरी वितरण गर्न लागेको गाँउपालिका प्रमुख सुधिर पौडेलले बताए ।
आयुर्वेद औषधीको प्रयोगले कोरोना संक्रमित बिरामीको प्रतिरोधात्मक क्षमता बढाउन मद्धत पुग्ने भएकाले यो अभियानको थालनी गरेको उनले बताए । शुरुवातमा देखिएका र केही अगाडी देखि देखिएर होम आइसोलेसनमा उपचार गरिरहेका संक्रमितलाई एलोपोथिक र आयुर्वेदीक औषधी दुबै प्रयोग गर्न बिरामीलाई सुझाएको पौडेलको भनाई छ । पहिलो अभियान भनेको कसरी नागरिक बचाउन सकिन्छ भन्ने उदेश्य गाँउपालिकाको हो अध्यक्ष पौडेलले भने, ¥कोरोना संक्रमणको निदान गर्ने प्रमुख औषधी आयुर्वेद हो भन्ने ठानेका छौं ।¦ पहिलो चरणमा देखिएका संक्रमितलाई १४ दिन खुवाएर परिक्षण गर्दैछौं उनले भने । एलोपेथिक एक हप्ता प्रयोग गरेका छन् भने आयुर्वेद औषधी १४ दिनको प्याकेज बनाएको गाँउपालिकाले जनाएको छ । कोरोना संक्रमितका लागि आयुर्वेदीक औषधी प्रभावकारी मानिदै आएको छ । बन्य जडिबुटी बाट रोग सगँ लड्ने क्षमता बढी हुने आयुर्वेदीक चिकित्सकहरुको भनाई छ । अहिले पनि ग्रामिण क्षेत्रका संक्रमितहरुले गुर्जो, अश्वगन्धा, जेठीमधु जस्ता जडिबुटी प्रयोग गर्ने गरेको खबरहरु आएका छन् ।
आँधीखोला गाँउपालिकाले शुरु गरेको आयुर्वेदीक औषधीको प्रभावकारीता कस्तो रहने छ भन्ने बिषय भने हेर्न बाँकी रहेको छ । यदी कोरोना संक्रमण सगँ जुध्न सक्ने क्षमता अयुर्वेदीक औषधीले बढायो भने एलोपेथिक औषधी भन्दा अन्य पालिका पनि आयुर्वेदीक औषधी प्रयोग गर्ने बताइएको छ । गाँउपालिकामा हाल सम्म ८१ ज्ना संक्रमितले होम आइसोलेसन उपचार गराइरहेका छन् । हप्ताको दुईपटक परिक्षणको व्यवस्था मिलाएको गाँउपालिकाले संक्रमणको लक्षण देखिएको अवस्थामा भने एन्टिजिन पनि प्रयोग गर्दै आएको अध्यक्ष पौडेलले बताए । पहिलो संक्रमणको व्यवस्थापन र सामाग्रीलाई यो पटकको संक्रमणमा प्रयोग गर्न सहजता भएको बताइएको छ । गाँउपालिकामा सबै भन्दा बढी विवाह र पुजापाठबाट संक्रमण फैलिएको गाँउपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…