ईद उल फित्रमा स्वास्थ्य सामाग्री प्रदान
भवानी अधिकारी/स्याङजा :
इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्रको दिन पारेर मुस्लिम युवाहरुले कोरोना नियन्त्रणक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ्।
कोरोना संक्रमणका कारण सबैजना मस्जिदमा भेला भएर मनाउने अवस्था नरहेका बेला मुस्लिम युवा क्वलका केही पदाधिकारीले कारागारमा आश्रित कैदीवन्दी , सुरक्षाकर्मी र लागु पदार्थ तथा एचआइभी एड्स नियन्त्रणका क्षेत्रमा कार्यरत संस्था जीवन बाटिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।
क्लवबले १ हजार ६ सय वटा मास्क, २० वटा फेससील र १० लीटर सेनीटाइजर बितरण गरेको हा े।
क्लबले ट्राफिक कार्यालयलाई ५ सय वटा मास्क र १० वटा फेससिल, जीवन बाटिका नेपाललाई ५ सय वटा मास्क र १० वटा फेससिल र जिल्ला कारागारमा रहेका सुरक्षाकर्मी र बन्दीका लागि ६ सय वटा मास्क र १० लिटर सेनिटाईजर प्रदान गरिएको क्लवका अध्यक्ष सागिर अलीले जानकारी दिनुभयो ।
महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि अत्यावश्यक मानिएको सामाग्री गर्न आस्याङजामा पनि तिब्ररुपमा फैलिएको छ। क्लवका अध्यक्ष सागिर अली, सल्लाहकार द्धय मुन्ना शेख र अनुवर अली, संस्थापक सदस्य अहमद अलीले ती स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
एकसाता अघि पनि क्लवले जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय र मुक्तिनाथ विकास बैंक र केही मुस्लिम बस्तीमा पुगेर ६ हजार ४ सय वटा मास्क, ३ सय ३० वटा फेससील र ८० लीटर सेनीटाइजर उपलब्ध गराएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


