सहिद महेन्द्र शाहको ४२ औं स्मृतिसभा
भवानी अधिकारी/स्याङजा :
पञ्चायती शासकबाट आज ( शुक्रवार) का दिन मारिएका सहिद महेन्द्र शाहको ४२ औं स्मृतिसभा गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका १४ वडा कार्यालयको आयोजनामा स्मृतिसभा गरिएको हो ।
स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिलागि २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा जेठ १४ गते तत्कालीन पञ्चायती शासकको गोली लागेर सदरमुकाममा उनको मृत्यु भएको थियो ।
सहिद शाहकोे पुतलीबजार नगरपालिका १४ सतौं स्थित सहिद महेन्द्र शाह स्मृति पार्कमा रहेको अर्दकदको शालिकमा माल्र्यापण सहित उनको स्मरण गर्दे मनाइएको छ । सतौं उनको जन्मथलो पनि हो ।
कोरोनाका कारण सिमित ब्यक्तिकाबीच स्मृतिसभा मनाइएको छ । माल्यापर्णपछि सहिद शाहको स्मरण गर्दे कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) सहिद महेन्द्र शाह जस्ता निडर र सक्षम सपुतहरुका बलिदानीले प्राप्त लोकतन्त्रको रक्षार्थ लोकतन्त्रप्रेमी एकजुट हुनु पर्ने बताए ।
कार्यक्रममा सहिदका बुवा मेघबहादुर शाह, सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर राना, तरूण दल जिल्ला उपाध्यक्ष रबिन के.सी., जनप्रतिनिधी बिष्णुकुमार श्रेष्ठ लगायतले महेन्द्र शाहको जीवनी र संघर्ष र बलिदानीका बारेमा स्मरण गर्दै उनले देखेका सपना साकार बनाउनु पर्नेमा जोड दिए ।
साविक चण्डीकालिका गाउँ पञ्यायत हाल पुतलीबजार नगरपालिका १४ स्थित सतौंमा २०१८ सालमा जन्मेका उनी मेघबहादुर शाह र हीराकुमारी शाहका छोरा हुन् ।
कांग्रेस वडासभापति जितेन्द्रप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


