भीरकोट नगरपालिकाका पहिलो/दोस्रोे चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न ।

virkot sunuwai

भीरकोट :
भीरकोट नगरपालिका नगरकार्यपालिकाको आयोजना र वास स्याङ्गजा शाखाको सहजीकरणमा भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा,सुविधा र प्रभावकारीता विषयक आ.व. २०७७/०७८ को पहिलो/दोस्रोे चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
भीरकोट नगरपालिका वडा न १ अवस्थीत नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सेवा ग्राही हरुको प्रश्नको जवाफ दिदै कार्यक्रमका प्रमुख जवाफदेही वक्त्ता एंव नगर प्रमुख छायाराम खनालले नगरवासीको जन चाहाना अनुरुप योजना देखी अन्य विकास निर्माणको काम गर्दै आएको भन्दै आगामी दिनमा पनि साथ सहयोगको आपेक्षा राखेको वताए ।
हरेक क्रियाकलापमा नगरवासीको साथको आवश्यकता पर्ने भएकाले जनताको आवाजको सही कदर गर्दै कार्यान्वयन गर्ने गरेको भन्दै प्रमुख खनालले नगर विकासमा सवै वर्गको प्रतिनिधित्व आवश्यक पर्ने वताए र साथै खनालले वालमैंत्री नगर घोषणा पश्चात सो कार्यलाई प्रभावकारी वनाउनको लागी उल्लेखित सुचकहरुको सहि पालना गर्न समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले महिला पुरुष दुवैलाई कुनै किसिमको विभेद गर्न नहुने भन्दै सवैलाई समेट्ने गरी ऐन नियम वनाई कार्यान्वयनको पक्षमा रहेको वताउनु भयो । जनताको गुनासो र समस्या सामाधानका लागी अहोरात्र खट्ने जनप्रतिनिधि वेला वेलामा विभादमा आउने गरेको भन्दै असल कार्यको पनि सवैले प्रशंशा गर्नुपर्ने वताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, नेका भीरकोटका सचिव श्यामकाजी अधिकारी,त्यसै गरी सेवाग्राहीहरु केशरजंग अधिकारी,लोक नारायण श्रेष्ठ,मिन वहादुर केसी,कमल वहादुर थापा,अशोक खत्री,खैसरा विक,अमृत कर्माचार्य लगायतले नगरपालिकाले प्रदान गर्ने सेवा सुवीधाहरुको पार्दशिता राखी जनताका कामहरुलाई तिव्र रुपमा सामाधान गर्ने कार्य तर्फ लाग्न आग्रह गरेका थिए ।
भीरकोट नगरपालिकाका नगर प्रवत्ता दिपेन्द्र केसीको स्वागत संगै शुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण वास गण्डकी प्रदेश संयोजक एंव स्याङ्गजा शाखाका अध्यक्ष चुत्र वहादुर महत एशिवले गर्नुभएको थियो ।
भीरकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद कोइरालाले नगर पालिकाले दोस्रो चौमासिक अवधिभर गरेका गतिविधि वारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी विभिन्न संघ सस्थाका कर्मचारी लगायतको उपस्थीती रहेको थियो ।

Facebook Comments Box
TOP