स्याङ्जा एमालेमा समानान्तर कमिटी गठन
प्रकाश डोटेल/स्याङ्जा :
नेकपा एमाले माधव–झलनाथ पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समुह स्याङ्जाले भने नेकपा एमाले पुर्नगठन गरेको जनाएको छ ।
जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उप–सचिव त्रयमा खड्कराज सुवेदी, सन्तोष के.सी. र टिकाराम नेपालीलाई चयन गरिएको हो ।
यसैगरी, भेलाले ज्येष्ठ सल्लाहकार सदस्यमा लोकराज शर्मा र निलकण्ठ शर्मा वाग्ले, ज्येष्ठ कम्यूनिष्ट मञ्चमा शेखर प्रधान र नारायण गिरीलाई जिम्मेवारी दिएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा युवा संघ र अनेरास्ववीयू समिति गठन गरेको छ । युवा संघ जिल्ला अध्यक्षमा सन्तोष सापकोटा र सचिवमा मिलन भण्डारी र अनेरास्ववियू स्याङजाको अध्यक्षमा सन्तोप वस्ती र सचिवमा शिव भट्टराईलाई चयन गरिएको अध्यक्ष भट्टराइले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्नुका साथै पार्टीलाई मजबुत बनाई गाउँगाउँमा संगठन विस्तार गर्ने अभियान अघि बढाएको भट्टराईले जानकारी दिए ।
भेलामा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज चुडामणी जंगलीले प्रधानमन्त्री केपी ओलीका कारण पार्टीमा बिभाजन आएको बताउदै पार्टी सुदुढीकरणका लागी नेकपा एमालेले पुर्नगठन भएको बताए ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


