सामाजिक अभियान्ता न्यौपानेले आफ्नो जन्मदिनमा गरिन असहायलाई खाद्यान्न सहयोग

स्याङ्जा : गल्याङ जेसीजको कोषाध्यक्ष सामाजिक अभियान्ता साधना न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारी गल्याङ जेसीज मार्फत गल्याङ नगरपालिका वडा न ३ मा रहेका ८३ बर्षिय असहाय साइला दाइ भनिने बल बहादुर थापा लाई खाद्यान्न कपडा सहित सहयोग गर्नु भएकाे छ ।
न्याैपानेले आफ्नो जन्मदिनको अवसरमा गल्याङ जेसीज द्वारा आयोजित खाद्यान्न कपडा सहयोग कार्यक्रममा चामल,दाल,नुन,फलफूल र कपडा सहयोग गर्नु भएकाे हाे ।
समाज परिवर्तनको सपना बोक्ने जो कोहिले पनि सामाजिक रुपान्तरणका लागि असहाय अशक्त गरिवहरुलाइ सहयोग गर्नु पर्ने भन्दै उहाँले हरेक अशक्त असहायको ओठमा खुशी भर्न सक्नु नै महत्वपूर्ण कदम हुने बताउनु भयाे । साथै सोही कार्यक्रममा असहाय बल बहादुर थापाको खुट्टामा गम्भीर चोट रहेको हुदा गल्याङ नगर अस्पतालका डाक्टर निरन्जन चौधरीको सहयोगमा घरमै उपचार समेत गरिएको गल्याङ जेसिजका तालिम आयुक्त नेत्र अर्यालले जानकारी दिनुभयाे।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…