कालीगण्डकीमा ‘उपाध्यक्षको साथमा, पोषिलो झोला,गर्भवती र बालबालिकाको साथमा’
यम सोमै :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘उपाध्यक्षको साथमा, पोषिलो झोला गर्भवती र बालबालिकाको साथमा’ कार्यक्रम सञ्चालन भएको छ। गर्भवती तथा दुई वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरि यो कार्यक्रम पालिकाका सम्पूर्ण वडाहरुमा सञ्चालन गरिने कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिनु भयो।
यो कार्यक्रमको पहिलो चरणमा कालीगण्डकी गाउँपालिकाका वडा नम्बर १ र २ मा सञ्चालन गरिएको उपाध्यक्ष कोइरालाले जानकारी दिनु भयो। वडा नम्बर १ मा १५० जना र वडा नम्बर २ मा १०० जनालाई अन्डा , चना , सर्वोत्तम आटा लगायतका खाद्य सामग्री सहितको पोषिलो झोला वितरण गरिएको उपाध्यक्ष कोइरालाले जानकारी दिनु दिनु भयो। गर्भवती तथा बालबालिकाहरुलाई पोषिलो खानेकुराको आवश्यकता पर्ने भन्दै आफुले यो कार्यक्रम ल्याएको बताउनु हुँदै उपाध्यक्ष कोइरालाले पोषणयुक्त खानेकुराको अभावमा कोहि पनि बालबालिका तथा गर्भवती महिला कुपोषित हुन नहुने बताउनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


