जनमोर्चाका सांसद शाही वेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
पोखरा : राष्ट्रिय जनमोर्चाका एक संसद बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित जनमोर्चाले निवेदन दिएको थियो ।
प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उहाँ सम्पर्कविहीन रहेपछि सोही पार्टीका तर्फबाट सांसद पियारी थापाल प्रदेशसभा सचिवालयमा निवेदन दिनुभएको हो ।
यसअघि बुधबार बसेको प्रदेशसभा बैठक सभामुख नेत्रनाथ अधिकारीले साढे चार बजेसम्मका लागि स्थगित गरेका थिए ।
जनमोर्चाका सांसद शाही प्रदेशसभामा अनुपस्थित रहेको पार्टीको सम्पर्कमा समेत नरहेपछि अविश्वास प्रस्तावका पक्षधर दलहरुले बैठक स्थगन गर्न माग गरेका थिए ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार सांसद नै बेपत्ता भएको अवस्थामा संसदको प्रक्रिया अघि बढाउन उचित नहुने भएकाले बैठक स्थगित गर्न माग गरिएको बताउनुभयो ।
प्रदेशमा कुल ६० सांसदमध्ये एमालेका २७, कांग्रेसका १५, माओावदी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टी (जसपा) का २ तथा स्वतन्त्र १ सांसद छन् ।
बहुमत मत पुग्न ३१ सदस्य आवश्यक पर्छ ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


