गण्डकीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव टेबल

gandaki pradesh sawa

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार संसद्‍मा अविश्वास प्रस्ताव पेस गर्नु भएकाे हाे। कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको तर्फबाट नेपालीले अविश्वास प्रस्ताव पेस गरेका हुन् ।

नयाँ मुख्यमन्त्रीमा नेता नेपालीलाई नै प्रस्ताव गरिएको छ । प्रस्ताव पेस भएपछि अविश्वासमाथि छलफल सुरु भएको छ ।

सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पेस भएको प्रस्तावमाथि सांसदले बोल्ने क्रम सकिएपछि मतदान हुनेछ ।

संसद्‍मा अविश्वास पेस गर्दै नेता नेपालीले मुख्यमन्त्री गुरुङले प्रस्तावसँग डराएर चालु हिउँदे अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाउनु भयाे ।

केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बनेको नेता नेपालीले बताउनु भयाे । ‘यो प्रदेश सरकार केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बन्यो । यो गण्डकी प्रदेशका जनताको भावना प्रतिकूल छ,’ उहाँले भन्नुभयाे, ‘अविश्वास आएपछि जसरी अन्त्य गर्दिनु भयो । त्यो संसदीय व्यवस्थाको मान्य र मूल्यविपरीत छ । त्यसमा हाम्रो घोर आपत्ति छ ।’

अविश्वास प्रस्ताव पेस भएर केही सांसदले बोलेपछि बैठक भोलि १२ बजेसम्म स्थगित भएको छ ।

Facebook Comments Box
TOP