गण्डकीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव टेबल
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार संसद्मा अविश्वास प्रस्ताव पेस गर्नु भएकाे हाे। कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको तर्फबाट नेपालीले अविश्वास प्रस्ताव पेस गरेका हुन् ।
नयाँ मुख्यमन्त्रीमा नेता नेपालीलाई नै प्रस्ताव गरिएको छ । प्रस्ताव पेस भएपछि अविश्वासमाथि छलफल सुरु भएको छ ।
सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पेस भएको प्रस्तावमाथि सांसदले बोल्ने क्रम सकिएपछि मतदान हुनेछ ।
संसद्मा अविश्वास पेस गर्दै नेता नेपालीले मुख्यमन्त्री गुरुङले प्रस्तावसँग डराएर चालु हिउँदे अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाउनु भयाे ।
केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बनेको नेता नेपालीले बताउनु भयाे । ‘यो प्रदेश सरकार केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बन्यो । यो गण्डकी प्रदेशका जनताको भावना प्रतिकूल छ,’ उहाँले भन्नुभयाे, ‘अविश्वास आएपछि जसरी अन्त्य गर्दिनु भयो । त्यो संसदीय व्यवस्थाको मान्य र मूल्यविपरीत छ । त्यसमा हाम्रो घोर आपत्ति छ ।’
अविश्वास प्रस्ताव पेस भएर केही सांसदले बोलेपछि बैठक भोलि १२ बजेसम्म स्थगित भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


