खेलकुदमन्त्री दीपक मनाङेले लिए शपथ

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क १६ बैशाख २०७८, बिहीबार १९:४९

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मनाङेलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।

उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेशको राजनीति फेरिएको छ।

मनाङबाट स्वतन्त्र उम्मेदवार उठेर चुनाव जितेका उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर निर्वाचनमै साथ दिएको थियो।
Facebook Comments Box
यो पनि पड्नुहोस..  पार्टीभित्रकाे समस्या समाधान गर्न नेकपा सक्षम छ : मन्त्री अर्याल

ताजा अपडेट

धेरै कमेन्ट गरिएका