स्याङ्जामा थप एक कोरोना संक्रमितको मृत्यु ।

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क १७ बैशाख २०७८, शुक्रबार १९:३६

स्याङ्जा : स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाकाे अर्जुनचौपारी गाउँपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट उपचारको क्रममा पोखरामा मृत्यु भएको हो ।

बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको ती पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।
यो सँगै स्याङ्जा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  पैगम्बर मोहम्मदको जन्मजयन्ती पारेर सरसफाई, गुरुकुलमा खाद्यान्न बितरण सहित पैदल र्‍याली

ताजा अपडेट

धेरै कमेन्ट गरिएका