आफ्नै उत्पादन भित्र्याएर मनाए वालिङका महिलाहरुले अन्तराष्ट्रिय महिला दिवस ।
वालिङ :
वालिङका महिलाहरुले आफ्नै उत्पादन भित्र्याएर अन्तराष्ट्रिय महिला दिवश मनाएकाछन् । वालिङ ८ को समाजसुधार बहुउदेश्यीय आमा समूहका सदस्यहरुले आफैहरुले सामुहिक रुपमा उत्पादन गरेको आलु भित्र्याएर दिवस मनाएका हुन् ।
वालिङको मूख्य बजारका ७० जना महिलाहरुको सक्रियतामा स्थापना भएको समूहले सामुहिक खेती अन्तरगत आलु खेती गरेको समूहका अध्यक्ष प्रेमकुमारी रेग्मीले बताउनु भयो ।
दियालो संस्थाले उपलव्ध गराएको आलुको बिउलाई सामुहिक रुपमा लगाईएको र उत्पादन पनि राम्रो भएको संस्थाका सचिव ईन्दिरा गैह्रेले बताउनु भयो ।
.

वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी समूहकी अध्यक्ष समेत रहनु भएकी कविता भूषालले भन्नुभयो, “सामुहिक रुपमा खेती गर्दा निक्कै आनन्द आएको छ । अव हामी यसलाई निरन्तरता दिन्छौं ।”
उत्पादन भएको आलु सदस्यहरुलाई नै बिक्री गरीने र समूहको कोष बृद्धि गरीने अध्यक्ष रेग्मीले स्पष्ट पार्नु भयो । उहाँले थप्नु भयो, “आगामी दिनमा सामुहिक खेतीको लागि अरुको भर पर्नु नपर्ने अवस्थामा पुग्न हामीहरु लागि परेका छौंं ।”
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत सो समूहले ५ रोपनी जग्गा लिजमा लिएर आलु खेती गरेको हो ।
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


